जनकपुर, २९ असोज । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले ५८ सांसदको समर्थनसहित दाबी पेस गरेका छन् ।
यसमा कांग्रेस (२२), एमाले (२८) र जनमत (१३) गरी तीन दलको समर्थन रहेको बताइएको छ । यसअघि जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन जनमतसहित ६ दलले ५७ सांसदको हस्ताक्षर सहित दाबी पेस गरेका थिए ।
जनमतका नेता महेशप्रसाद यादवले कांग्रेस–एमालेले अनधिकृत रूपमा समर्थन देखाएर गलत कार्य गरेको आरोप लगाउँदै, मधेशवादी दलकै नेतृत्वमा सरकार बन्नुपर्ने जनभावना अनुसार आफूहरू अघि बढेको बताएका छन् ।














