जनकपुर, २९ असोज। मधेश प्रदेश सरकारको नेतृत्वका लागि दलहरुलाई आह्वान गरेपछि मधेश प्रदेशमा दलहरुबीच गठबन्धन हुने क्रम जारी रहेको छ ।
सो क्रममा मंगलवार मध्यरातसम्म बसेको विभिन्न दलहरुको बैठकले लोसपाको जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमती गरेको छ ।
लोसपाको नेतृत्वमा सरकार बनाउनका लागि जनमतले पनि साथ दिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका महन्त ठाकुरको उपस्थितीमा हिजो राती गठबन्धनबीच सहमती भएको हो ।
नयाँ गठबन्धनमा लोसपा, जसपा नेपाल, नेकपा माओबादी, नेकपा एस र जनमत पार्टी सहभागी रहेको जनाइएको छ ।
यो पाँच दलीय गठबन्धनमा ५६ जना सांसद रहेका छन् ।














