काठमाडौं, २८ असोज । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका छन् ।
केन्द्रीय समिति बैठकलाई मंगलबार सम्बोधन गर्दै देउवाले संविधान नै जोखिममा परेको बताएका छन । ‘संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ ।
जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको देउवाले भने, । उनले सरकारले फागुन २१ का लागि तोकेको निर्वाचन हुनका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनिनसकेको बताए ।
निर्वाचनको पूर्वशर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन् ।’ उनले भने, तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतःस्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो ।
यसतर्फ ध्यान जाओस् । उनले देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन नै भएको पनि बताए ।














