जनकपुर, २८ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम मधेस प्रदेश अधिवेशन जनकपुरमा भव्य रूपमा सम्पन्न हुँदैछ ।
अधिवेशन असोज २७ देखि सुरु भएको छ भने आज २८ गते बंन्द सत्र सुरु भएको छ । जहाँ विभिन्न पदका लागि प्रतिस्पर्धा र संगठनात्मक छलफल भइरहेको छ ।
यसै सन्दर्भमा रौतहटका युवा नेता राजकुमार दास तत्मा प्रदेश उपाध्यक्ष पदको दाबेदारीमा अगाडि आएका छन् । उनी रौतहट क्षेत्र नं. ४ (ख) बाट महाधिवेशन प्रतिनिधिका रूपमा चयन भइसकेका छन्, र अहिले प्रदेश उपाध्यक्ष पदमा बलियो प्रतिस्पर्धी मानिएका छन् ।
राजकुमार दास विगत लामो समयदेखि जसपाको संगठन निर्माण, दलित तथा सीमान्तकृत समुदायको हकहितका मुद्दामा संघर्षरत छन् । निडर स्वभाव, स्पष्ट धारणा र युवाबीच लोकप्रियता“ उनको मुख्य विशेषता मानिन्छ ।
उनले सामाजिक सञ्जालमार्फत पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूसँग समर्थन माग्दै भनेका छन् —
मेरो उम्मेदवारी व्यक्तिगत पदको लागि होइन, बरु मधेसका मुद्दा र जनताको अधिकारलाई स्थापित गर्न हो ।
उनको उम्मेदवारीलाई मधेस प्रदेशभरिका कार्यकर्ताहरू, विशेषगरी दलित र युवाहरूले सकारात्मक रूपमा लिएका छन् ।
स्रोतका अनुसार, पार्टीको आन्तरिक समन्वय र सर्वसम्मतिको आधारमा उनी उपाध्यक्ष पदमा लगभग निर्विरोध रूपमा अघि बढ्न सक्ने अनुमान गरिएको छ ।
दासले अधिवेशनलाई ऐतिहासिक अवसर भन्दै, पार्टी एकता, संगठन सुदृढीकरण र मधेसको अधिकार सुनिश्चित गर्न सबैलाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।
उनको उम्मेदवारीसँगै मधेस प्रदेशमा युवा नेतृत्वको अपेक्षा थप बलियो हुँदै गएको देखिन्छ ।














