काठमाडौँ, १७ साउन । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संरक्षण नहुँदा नेपालका स्विट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्र ओझेलमा परेको बताएका छन् ।
शनिवार काठमाडौँमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल सुन्दर मुलुक भएको बताउँदै स्विट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्रहरू लुकेको बताए ।
नेपालको सुन्दरतालाई बचाइराख्न जरुरी रहेको पनि बताए । उनले आफ्नो जीवनकालमै चारकोषे झाडी, चुरे क्षेत्र मासिएको बताए ।














