काठमाडौं, १४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसदको सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् भने उनले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् ।















