काठमाडौँ, १४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।
उपमहासचिव हरिबोल गजुरेलका अनुसार बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको छ ।
गजुरेलका अनुसार स्थायी समिति बैठकको तयारीका लागि बोलाइएको हो ।














