काठमाडौं, ९ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेको यो संवैधानिक परिषद काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि सभामुख देवराज घिमिरेले आपैm निवासमा पुगेका छन् ।
राष्ट्रपति पौडेलले विहीबार संविधानको मर्म विपरीत परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने प्रावधान रहेको भन्दै विधेयक फिर्ता गरेका थियो ।
शुक्रबार बिहान सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेर त्यसप्रति चासो देखाएको छ ।
साथै भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जनाएको थिए ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम छ ।














