काठमाडौं, ८ साउन । थाइल्याण्ड र कम्बोडिया विच सीमामा जारी सैन्य झडपमा कम्तीमा १२ जनाको मृत्यु र १४ जना घाइते भएका छन् ।
थाइल्याण्डका स्वास्थ्यमन्त्रीले झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
उनले आक्रमणबाट प्रभावित ३५ जनामध्ये आफू पनि रहेको जनाए ।
थाई अधिकारीहरूको रिपोर्ट अनुसार सुरिन प्रान्तमा दुई नागरिकको मृत्यु भएको हो ।
यसमा एक आठ वर्षीय बालक पनि थियो । उबोन रत्चाथानी प्रान्तमा एक जना नागरिकको मृत्यु भएको छ भने सिसाकेट प्रान्तमा आठ जना नागरिकको मृत्यु भएको हो ।














