KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

जनकपुर, ११ कात्तिक । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा टोलमा एक युवकले आफू र आफ्नी आमामाथि कुटपिट भएको आरोप लगाएका छन्। कुटपिटबाट आफू रगताम्य भएको दाबी गर्दै विजय झाले घटनाबारे प्रहरीसमक्ष जानकारी गराउँदा पनि न्याय नपाएको गुनासो गरेका छन्।

विजयका अनुसार गत कात्तिक २ गते साँझ करिब ५ बजे बलवा टोलस्थित राष्ट्रिय प्राथमिक विद्यालय र चौधरी पोखरीको अगाडि घटना भएको हो। उनले आफ्नो नातिलाई मोटरसाइकलमा घुमाइरहेका बेला नातिले गल्तीवश एक्सिलेटर चलाउँदा मोटरसाइकल लडेको बताए। त्यसपछि स्थानीय एक महिला आफ्नो घरमा आएर आमालाई गालीगलौज गर्दै छोरालाई मोटरसाइकल चलाउन सिकाउनुपर्ने भन्दै विवाद सुरु गरेको र आफू तथा आमामाथि कुटपिट गरेको विजयको आरोप छ।

घटनापछि आफू रगताम्य अवस्थामा पुगेको बताउँदै विजय सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रसारण गर्दै बलवा प्रहरी चौकी पुगेका थिए। तर, आफूले प्रहरीबाट अपेक्षित सहयोग र न्याय नपाएको उनको गुनासो छ। विपक्षी पक्ष प्रभावशाली भएकाले आफ्नो समस्याको सुनुवाइ नभएको उनले आरोप लगाएका छन्।

विजयले घटनालाई मिलापत्रमार्फत टुंग्याउन आफूलाई ३० हजार रुपैयाँमा सहमति गर्न दबाब दिइरहेको दाबीसमेत गरेका छन्। आफू र आफ्नी आमामाथि अन्याय भएको भन्दै उनले सञ्चारकर्मीसँग रुँदै न्यायका लागि सहयोग गरिदिन आग्रह गरेका छन्।

‘हामी गलत देशमा जन्मिएछौँ, यहाँ हाम्रो सहारा कोही छैन,’ भन्दै उनले आफ्नो पीडा व्यक्त गरेका छन्। प्रहरीबाट न्याय नपाए आफू र आमाले आत्मदाह गर्नेसम्मको अवस्था आउन सक्ने उनले बताएका छन्।

घटनाबारे पीडित पक्षले गम्भीर आरोप लगाएको भए पनि आरोपित पक्षको भनाइ, घटनाको स्वतन्त्र पुष्टि तथा प्रहरीको आधिकारिक प्रतिक्रिया प्राप्त हुन बाँकी छ। घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र पीडितको सुरक्षासहित कानुनी प्रक्रियाबाट न्याय दिलाउन सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ।

Facebook Comment


Related Posts

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

ताजा समाचार

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar