काठमाडौं, ८ साउन । भक्तपुरमा रहेको दुई दिदीबहिनी मृत फेला परेका छन् ।
एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले बताएको छ ।
मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेको प्रहरीले बताए । कँडेल दिदीबहिनी चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्थे ।
उनीहरू बिहान ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
घटनाबारे थप केही खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो ।














