काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहबादुर देउवाले देशको अहिलेको राजनीति विपी कोइरालाले अपनाएको राजनीतिको जगमा उभिएको बताएका छन् ।
मंंगलवार ४३ औँ विपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले विपी कोइरालाको संघर्ष र मूल्य मान्यताले देश र कांग्रेसलाई आजको स्थितिमा ल्याएको बताएका हुन् ।
देउवाले आफूहरू राजनीतिका कठिन दिन भोगेर र संघर्घ गरेर अहिलेको अवस्थामा आएको उल्लेख गर्दै अहिलेको उपलब्धि जोगाउन कांग्रेस बलियो बन्नुपर्ने धारणा राखे ।
बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरूबीचको मेलमिलापले राष्ट्र समृद्ध हुने उनले बताए । राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता मुलुकको लागि, सामाजिक सद्भावका धेरै ठूलो कुरा भएको विपीको भनाई उद्धृत गर्दै देउवाले यसबाट हामी सबैले शिक्षा लिनुपर्ने बताए।
कोइराला राजनीतिज्ञ मात्रै नभइ साहित्यको क्षेत्रमा समेत चम्किलो तारा भएको बताए ।














