काठमाडौं, ४ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी भण्डारीबीच आज छलफल हुने भएको छ ।
पार्टी मुख्यालय च्यासलमा दिउँसो ३ बजेका लागि भेटघाट तय भएको स्रोतले बताए । एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याबारे पछिल्लो समय पार्टी बैठकमा बहस सिर्जना भएको छ ।
भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी छन् । तर, पदाधिकारी बैठकमा उनको सदस्यता नवीकरण नभएको ओलीले खुलासा गरेका थिए ।














