काठमाडौँ, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणले उल्लेख्य गति लिएको बताउँदै दैनिक औसत २.५५ किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा कुल ९३२ किलोमिटर सडक कालोपत्रे भएको तथ्याङ्क प्रस्तुत गरेका छन् ।
उहाँले आफ्नो सरकारको पालामा विकासले फड्को मारेको र यो गतिलाई अझ बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुएका छन् ।














