काठमाडौं, १ साउन । रामेछापको एक महिलामाथि खुकुरी प्रहार भएका छन् ।
उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वरमा बुधबार साँझ ३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाको उपचारका लागि हेलिकप्टरमार्फत केएमसी अस्पताल काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जनाए ।
वर्षाको कारण सडक राम्रो नभएकोले सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार भएका सुनुवारलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले जनाए ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार रजिनले एलिसाको ढाडमा खुकुरी प्रहार गरेका थिए । उनको अवस्था नाजुक छ ।
खुकुरी प्रहारपछि फरार रहेका रजिन भाग्दै गरेको अवस्थामा उमाकुण्डकै भुजी भन्ने ठाउँबाट पक्राउ परेको छ । घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको रामेछापका प्रहरी प्रमुख भोला भट्टले जानकारी दिन्छ ।














