काठमाडौं, २९ असार । प्रहरी विधेयकमा हवल्दारसम्मका कर्मचारीलाई १६ वर्षमै पेन्सनमा जान पाउने व्यवस्था मिलाइएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षाको सुरुवात गर्दै गृहमन्त्री लेखकले केही दिनभित्रै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा प्रहरी विधेयकका विषयमा फेरि छलफल सुरु हुने बताएका हुन् ।
प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाउने गरेर अवकासमा जाने गरेर व्यवस्था विधयेकमा गरिएको छ,’ प्रहरीको उच्च मनोवलका साथ कार्यदक्षता बढ्न सकोस भनेर प्रहरी संगठनलाई तुलनात्मक रुपले राम्रोसित आगामी बर्षका लागि बजेट विनियोजन गरिएको उनले भने ।
आम नागरिकसित राम्रो व्यवहार गरेर नम्रतापूर्वक सेवा प्रवाह गर्न मन्त्री लेखकले निर्देशन दिए ।














