काठमाडौं, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको रक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्रै बनायो ।
बोसिस्टोले ४९ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ६६ रन बनाए । यस्तै देवले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाएक छ ।
९ रनमै २ विकेट गुमाएको कर्णालीका लागि बोसिस्टो र देवले तेस्रो विकेटमा १०२ रनको साझेदारी गरेका थिए । ओपनर शिखर धवन ५ रनमै आउट भए भने चाडविक वाल्टन र अर्जुन घर्ती समान एक÷एक तथा जिसान मक्सुद २ रनमा आउट भए ।