काठमाडौं, २१ मंसिर । लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले १० विकेटको कीर्तिमानी जित हात पारेको छ ।
ओपनर आन्द्रेस गौस र दिनर्श खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले आज को दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो । गौसको नटआउट १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा ग¥यो ।
१६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मदतमा शतक बनाएका हुन् । गौसले ५५ बल खेल्दै अविजित १०४ रन जोडे ।
उनले १२ चौका र ५ छक्का नै प्रहार गरे । पोखराका अमेरिकन विकेटकिपर ब्याटर गौसले एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरे ।