काठमाडौँ, ११ मंसिर । पाकिस्तानमा जारी ब्लाइण्ड टी–२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनायो ।
उसका लागि बुले भिडलाले अविजित १०० रन बनाए । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपालका लागि नरेशले सर्वाधिक ८० रन बनाएका थिए । दक्षिण अफ्रिकाकालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।