ताजिकिस्तान, २८ कार्तिक । फिफा विन्डो अन्तर्गत हुन लागेको दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा आज नेपालको भिडन्त आयोजक राष्ट्र ताजिकिस्तानसँग हुँदैछ ।
नेपाल र ताकिस्तानको खेल ताजिकिस्तानको समय अनुसार ६ बजे नेपाली नेपाली समयानुसार साँझ ६ः४५ बजेदेखि शुरु हुनेछ । ताजिकिस्तानमा अहिले सामान्य तापक्रम ९ डिग्री सेन्टिग्रेट रहेको छ भने दिउँसो चिसो अझ बढ्दै जाने र बेलुका पानी पर्ने यहाँको मौसम विभागले जानकारी गराएको अवस्था छ ।
राजधानी डुशान्वेको मौसम खराव हुँदै गएपछि ताजिकिस्तानविरुद्ध हुने आजको खेलमा नेपाली फुटबल टोलीले कस्तो प्रदर्शन कस्तो गर्ला त्यो चासोको विषय बनेको छ ।