काठमाडौं, १४ कातिक । घरेलु टोली नेपाललाई पराजित गर्दै बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको फाइनलमा नेपाललाई २–१ गेल अन्तरले पराजित गर्दै बंगलादेशले दोस्रो पटक उपाधि उचालेको छ ।
अघिल्लो संस्करण घरेलु मैदानमा नै भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । च्याम्पियनसिपमा तेस्रो पटक फाइनल पुगेको बंगलादेशले दोस्रो पटक उपाधि जितेको हो ।
यता छैटौं पटक फाइनल पुगेको नेपाल फेरि पनि उपविजेतामा सिमित बनेको छ । १२ औं पटक फाइनल खेलेको नेपाल १२ पटक नै उपविजेता बनेको छ ।