काठमाडौँ, १३ कार्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ ।
बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रूपमा मात्रै टिकट किन्न पाइने एन्फाले जनाएको छ । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकट मात्र टिकट बिक्री गर्नेछ ।
साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ । आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर टिकट बिक्रीको जिम्मा आफैँ लिएको हो ।