काठमाडौँ, ११ कात्तिक । साफ महिला च्याम्पियनसिप फुटबलमा साविक च्याम्पियन बंगलादेशले फाइनलमा स्थान बनाएको छ ।
बंगलादेशले भुटानलाई ७–१ को फराकिलो अन्तरले पराजित गदै फाइनलमा स्थान पक्का गरेको हो । दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन् ।
सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले समान १–१ गोल गरे । बंगलादेशले खेलको सातौं मिनेटमै ऋतुको गोलमार्फत अग्रता बनाएको थियो ।
४१ औँ मिनेटमा भुटानका लागि डेकी ल्हाजोमले एक गोल फर्काएकी थिइन् । ७२ औँ मिनेटमा बंगलादेशले सातौं गोल थपेको थियाभने प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल साँझ ६स्३० बजे नेपाल र भारतबीच हुनेछ ।