एजेन्सी, १० कात्तिक । आईसीसी विश्वकप लिग टूमा अमेरिका स्कटल्यान्डसँग १० विकेटले पराजित भएको छ ।
अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा स्कटल्यान्ड विजयी भएको हो । स्कटल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अमेरिकाले निकै खराब सुरुआत ग¥यो। उसले ३४ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ४४ रन बनायो ।
कप्तान मोनांक पटेल, मुक्कमल र सयन जाहाङ्गीर शून्यमा आउट भए । अमेरिकाले ५९ रनमा नै ८ विकेट गुमाएको निकै कमजोर अवस्थामा पुगेको थियो । अन्तिममा नोस्थुस केन्जिगेले २१ रन बनाएका थिए ।
स्कटल्यान्डका लागि ब्राड करीले चार, ब्रान्डल म्याकमुलेनले तीन र ब्राल विलले दुई विकेट आफ्नो नाममा गरेका थिए । जवाफमा एक सय ४५ रनको लक्ष्य स्कटल्यान्डले विना विकेट क्षति पूरा गर्यो ।
अब लिग टूको शृंखला अन्तर्गत भोलि नेपालले अमेरिकासँग खेल्नेछ ।