काठमाडौं, ९ कात्तिक । जनकपुर बोल्ट्सले नेपाल सुपर लिग (एनपीएल) का लागि अमेरिकी युवा क्रिकेटर जोसुअ ट्रोम्पलाई अनुबन्ध गरेको छ ।
दक्षिण अफ्रिकामा जन्मेका १९ वर्षीय ट्रोम्प अलराउण्डर हुन् । जोसुअले अमेरिकाको मेजर क्रिकेट लिगमा टेक्सास सुपर किंग्सबाट खेल्छन् । जहाँ उनले ६ टी २० खेल खेलेका छन् ।
टेक्सास सुपर किंग्स इन्डियन प्रिमियर लिग टोली चेन्नाई सुपर किंग्सको स्वामित्वमा रहेको टोली हो । जोसुअ दक्षिण अफ्रिकाको जोहानेसवर्गमा जन्मेका हुन् । उनी १६ वर्ष लाग्दा ट्रवम्प परिवार टेक्सास बसाइँ सरे । अनी ट्रोम्प दाजुभाइ उतै क्रिकेट खेल्न थालेका हुन् ।