काठमाडौं, ६ कात्तिक । वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सिनियर, जुनियर र भेट्रान गरी जम्मा २४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।
नेपाली टेनिसको इतिहासमा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । कुल पुरस्कार राशी ९ लाख ३२ हजार ३ सय ७५ रुपैयाँ रहेको छ । पहिलो दिन विभिन्न स्पर्धाका ५० खेल सम्पन्न भए ।