काठमाडौं, ७ असोज । एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई भव्य स्वागत गरिएको छ ।
चीनको हाङझाओ शहरमा आयोजित प्रतियोगितामा रजत पदक जितेर स्वदेश फर्किएकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
उनीसँगै एसियन जुनियर कराते च्याम्पियनसिप र एसियन पारा कराते च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई स्वागत गरिएको छ । उनीहरुको स्वागतका लागि एन्फा अध्यक्ष टंकलाल छिसिङसहितका पदाधिकारी विमानस्थल पुगेका थिए ।
एरिकाले सेमिफाइनल जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिइन् । एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन् ।
सन् १९९८ को एसियाडमा तेक्वान्दोकी सवितराज भन्डारीले अन्तिमपटक रजत जितेकी थिइन् ।