काठमान्डौँ, ४ साउन । एसिसी महिला टी–२० एसिया कपको पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको छ ।
एसिया कप इतिहासमा नेपालको यो पहिलो जित हो । यसअघि खेलेको दुई संस्करणमा नेपालले जितको खाता खेल्न सकेको थिएन भने नवौँ संस्करणको उद्घाटन खेलमा यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । अन्तर्राष्ट्रिय करियरमा सम्झनाको यो करियरकै उत्कृष्ट पारी हो ।
यस्तै, रुबिना क्षेत्रीले ८ बलमा एक चौकासहित १० रन जोडिन् ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । यूएईका लागि कविशा इगोडाजेले ४ ओभरमा एक मेडनसहित १२ रन दिएर सर्वाधिक तीन विकेट लिइन् ।
त्यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो ।
नेपालका लागि कप्तान इन्दु वर्माले उत्कृष्ट बलिङ गरिन् । उनले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । यस्तै, कविता जोशी, कृतिका मरासिनी र सबनम राईले एक÷एक विकेट लिए । यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अंक जोडेको छ । नेपालले अब दोस्रो खेलमा आइतबार पाकिस्तानसँग खेल्ने तालिका छ ।