जनकपुरधाम, ११ मंसिर । मधेश प्रदेशसभा सदस्य अनिरुद्ध कुमार सिंहको निलम्बन फुकुवा भएको हो ।
सप्तरी ४ (१) बाट स्वतन्त्रबाट निर्वाचित सांसद सिंह हत्या आरोपमा गत भदौं १८ मा पक्राउ परेपछि प्रदेशसभाले निलम्बन गरेको थियो ।
कार्तिक २३ मा धरौटीमा छुटेका सिंहले निलम्बन फुकुवाको निवेदन प्रदेशसभामा दर्ता गराएका थिए ।
सोही निवेदनको आधारमा निलम्बन फुकुवा गरेको आज बसेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।