काठमाडौं, १४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि धरपकड गर्ने घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ।
पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिइएको जानकारी दिए।
उनका अनुसार घटनामा कसको संलग्नता थियो र किन यस्तो भयो भन्ने विषयमा अनुसन्धान गर्न तथा कारबाही प्रक्रियामा ढिलाइ नगर्न पार्टीले स्पष्ट निर्देशन दिएको छ।
प्रवक्ता खरेलले रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने वा दुःख दिने कार्य नगर्न सरकारलाई निर्देशन दिएको बताए।














