काठमाडौं, १४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीका नेताहरूको टोली छिट्टै चीन भ्रमणमा जाने भएको छ।
पार्टी सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रतिनिधिमण्डल चीन जान लागेको जानकारी दिएका हुन्। भ्रमणको मिति भने सार्वजनिक गरिएको छैन।
त्यस्तै, बैठकमा मधेश प्रदेशसहित विभिन्न जिल्लामा हुन नसकेका पार्टी अधिवेशनबारे सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदन अध्ययन गरी आवश्यक निर्णय लिइने प्रवक्ता खरेलले बताए।














