जनकपुरधाम, ९ मंसिर । त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित ३ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।
बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ भने ७ वर्षे सन्ध्या चौधरी र ६ वर्षे विकास चौधरीको मृत्यु भएको छ ।
घाइते विद्यार्थीको जिल्ला प्रहरी र स्थानीयको सहयोगमा जिल्ला अस्पताल उदयपुर ल्याइ उपचार सुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।
घाइते पाँच जनालाई उपचारका लागि विराटनगर पठाइएको छ ।