काठमाडौं, १८ कातिक । गएराति गएको भूकम्पमा पारी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ ।
यस्तै, ५५ जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी कुवेर कडायतले जानकारी दिए ।
यस्तै, भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ ।
यस्तै, भूकम्पमा परी १४० जना घाइते भएका छन् ।