जनकपुरधाम, १२ असोज । देशमा भइरहेको खुल्लेआम गौ हत्याको विरोधमा जनकपुरधाममा वृहत प्रदर्शन भएको हो ।
बिश्व हिन्दु परिषद नेपालको अगुवाईमा गौ हत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर सहितका नारावाजी गरिएको छ । जानकी मन्दिरका छोटा महन्त रामरोशन दास बैष्णबले हिन्दुहरुको माता जस्तै रहेको गाईको संरक्षणका लागि संविधानमै धारा उपधारा उल्लेख रहेपनि यसै देशमा गाईलाई मारेर भोज गर्नु र खुल्लेआमा प्रचार गर्नु अपराध रहेको भन्दै आफुहरुले विरोध गर्न परेको महन्तले बताए ।
संविधान निर्माता र संरक्षक सरकार, सांसदहरुले नै गो हत्याको विरोध र संरक्षण गर्नुपर्नेमा राजनिति, विदेशी रकम र भोटको लोभमा मौन भएपनि आफुहरु नै सडकमा उत्रन बाध्य हुनुपरेको भन्दै उनीहरु आजको कार्यक्रमबाट सचेत गराईएको र गौ हत्या बन्द नभए आफुहरु कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
जानकी मन्दिरबाट निस्केको विरोध रयाली जनकपुरधामको विभिन्न भागको परिक्रमा गर्दै रामचौकमा गएर कोणसभामा गरेको थियो ।