KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं, २८ भदौ । संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा प्रतिनिधिसभाले बिहीबार शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख देवराज घिमिरेले नेम्वाङको निधनले सिंगो मुलुक स्तब्ध बनेको बताउनुभयो । २० को दशकयता लोकतन्त्र र गणतन्त्रका लागि भएको आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका नेम्वाङले संविधानसभा मार्फत नेपालको संविधान बनाउन नेतृत्वदायी भूमिका खेलेको घिमिरेले बताए ।

मृदुभाषी, सरल, सहज र समन्वयकारी नेम्वाङको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको सभामुख घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावमा उल्लेख छ ।

नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधिसभा सदस्य, २०६३ मा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिक संसद सदस्य, २०७४ र २०७९ मा संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा सदस्य थिए ।

२०६३ सालमा पुनः स्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमा नै व्यवस्थापिका संसदको सभामुख र २०६५ र २०७० को संविधानसभाको अध्यक्ष थिए ।

यसैगरी २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति भएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्री समेत भएका थिए ।

हृदयघातका कारण गत सोमबार राति निधन भएका एमाले उपाध्यक्ष नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Facebook Comment

Related Posts

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

प्रदेश सरकारलाई प्रधानमन्त्रीको आग्रह:आफ्नै सुधारमा ढिलाइ नगर्नु

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar