जनकपुरधाम, ११ भदौ । प्रेस स्वतन्त्रता सेनानी तथा प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा समेत लडेका सिपही तथा वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन भएको छ ।
उनका ज्वाई समेत रहेका पत्रकार श्री नारायण साहले भने, घरमै विगत छ महिना भन्दा बढि देखि विरामी परेका नेपालीको सोमवार साँझ ८ बजेर ५ मिनेट जाँदा निधन भएको बताएका छन् ।
वि.सं. २००२ साल भदौ १९ गते धनुषाको बिन्धी गाविसको वडा नं. १ हाल जनकपुरधाम उपमहागनरपालिकाको वडा नं. २३ लादोबेलामा जन्मेका नेपाली पत्रकारिताका साथ साथै प्रजातन्त्र, लोकतन्त्रका हरेक जनआन्दोलनहरुमा अगुवाका रुपमा काम गरेका छन् ।
देशका पहिला प्रधानमन्त्री विपी कोइराला देखि कांग्रेसका चर्चित नेताहरु संग पत्रकार र आन्दोलनका अगुवाका रुपमा काम गरिसकेका नेपाली एक पुत्र र पत्नी वियोग समेत सहि सकेका थिए ।
हाल उनको एक छोरा (हाल जनकपुरधाम उपमहानगरपालका वडा नं. २३ को वडा अध्यक्ष राघवेन्द्र साह) र तिन छोरीहरु छन् ।