जनकपुरधाम, २ भदौ । मधेश प्रदेशको पर्सा जिल्लामा कार्यरत रहेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको हो।
शनिबार बिहान एसपी थपलियाको निधन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभएको छ ।
थपलिया बिहान ११ः०५मा साइकलिङ गरेर कार्यालयमा पुगेका थिए ।
कार्यालयमा पुगेका थपलिया १५ मिनेट बेहोस भएका थिए। त्यसपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताएका छन ।
हृदयघात भएर थपलियाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताएका छन ।