KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कार्यपालिका सदस्यहरूलाई सक्रिय हुन पटेलको आग्रह

कार्यपालिका सदस्यहरूलाई सक्रिय हुन पटेलको आग्रह

वीरगन्ज, २५ जेठ– प्रदेश सभा सदस्य श्याम पटेलले आफूले तालिममा प्राप्त गरेको ज्ञान पालिका बैठकहरूमा प्रयोग गरी उपलब्धि हासिल गर्न दलित कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन् । उनले दलितले अधिकार नपाएसम्म कुनै पनि पालिका समृद्ध नहुने बताउँदै यसका लागि कार्यपालिका सदस्यहरू नै जागरुक हुन आवश्यक रहेको पनि बताए ।

बारा र पर्साका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागि वीरगन्जको राणी सती धर्मशालामा आयोजित नेतृत्व विकास तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले यस्तो बताएका हुन् । मधेस प्रदेशद्वारा जारी दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत प्रत्येक पालिकामा गठन हुने जातीय भेदभाव अनुगमन समितिमार्फत दलित अधिकार सुनिश्चितताका लागि कार्यपालिका सदस्यहरूका लागि यस्तो तालिम आयोजना गरिएको तालिम आयोजक दलित सरोकार मञ्च नेपालले जनाएको छ ।

दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले दलित कार्यपालिका सदस्यहरूका कुरा सुनुवाइ नहुने भएकाले सबै एक गठ भएर अघि बढ्न सुझाव दिए । उनले यस्ता तालिम कार्यक्रमले दलित कार्यपालिका सदस्यहरूलाई आफ्ना हक÷अधिकारबारे जानकारी गराउने भएकाले मञ्चले आवश्यकताअनुसार सञ्चालन गरिरहेको जानकारी पनि दिए । उनको भनाइ थियो– जति दलित कार्यपालिका सदस्यहरू सक्रिय हुन सके दलित समुदायले अधिकार पाउने सम्भावना पनि उत्तिकै रहन्छ ।कार्यक्रममा सहभागी दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीमध्ये धेरैले आफूहरूलाई अहिलेसम्म कसैले पनि यस्तो जानकारी नदिएकाले अन्योलमा परेको बताएका थिए । आफूहरूले पालिकाबाट पाउनुपर्ने सुविधा नपाएको, भूमिका के हो, काम के गर्ने भन्नेबारे कुनै तालिम नपाएको बताउँदै उनीहरूले दलित समुदायका लागि फाइदा पुग्ने कामका लागि पालिकाहरूले बजेट दिनसमेत आनाकानी गरेका गुनासो गरेका थिए ।

बैठकहरूमा आफ्ना कुरा सुनुवाइ नै नहुने, सुनिहाले पनि त्यसमा बजेट नछुट्याउने र छुट्याइहाले पनि दलित समुदायका कार्यपालिका सदस्यलाई जानकारी नै नदिइ त्यस्तो बजेट वडाध्यक्षहरूले आफैँ सञ्चालन गर्ने गरेका भनाइ पनि उनीहरूले त्यस अवसरमा राखेका थिए । उनीहरूले कार्यपालिका सदस्यहरूमा पनि दलित समुदायका प्रतिनिधिलाई हेपिने गरेको, पालिकाहरूले गरेका निर्णय हेर्न र पढ्नसमेत नदिने गरेकाले पनि आफूहरू अपमानित महसुस हुनुपरेको उल्लेख गरेका थिए ।

दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानका अनुसार यस्तो तालिम मधेस प्रदेशका ८ वटै जिल्लामा आयोजना गर्ने क्रममा जेठ २२ देखि २४ गतेसम्म वीरगन्जमा आयोजना गरिएको हो । यसअघि सप्तरी र सिरहाका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागि सिरहाको मिर्चैयास्थित होटल होलिडेमा, महोत्तरी र धनुषाको जनकपुर ९मसला कटेल० मा तथा रौतहट र सर्लाहीको रौटहटस्थित होटल तराई इनमा सम्पन्न भइसकेको छ ।दलित सरोकार मञ्च, नेपालद्वारा आयोजित यो तालिममा सञ्जालका २८ जना पदाधिकारी सहभागी छन् भने दलित अगुवा १५ जनाको सहभागिता छ । केही समयअघि यही संस्थाद्वारा आयोजित जिल्लास्तरीय दलित कार्यपालिका सदस्यहरूको भेलाले मधेस प्रदेशको प्रत्येक जिल्लामा जिल्ला सञ्जाल गठन गरेको थियो । यस्तो सञ्जालमार्फत दलित कार्यपालिका सदस्यहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई सशक्त तुल्याउने र कार्यपालिका बैठकहरूमा सशक्तरूपमा प्रस्तुत हुन मद्दत गर्ने कार्यकारी निर्देशक पासवानको भनाइ छ ।

यी सबै तालिमको सहजीकरण प्रशिक्षकद्वय सोनालाल चौधरी र रघुनाथ लामिछानेले गरेका थिए । कार्यक्रममा पत्रकार वृजलाल पासवानले आफ्नो अधिकार आफैँ लिने प्रतिबद्धतासहित यो तालिममा संलग्न भएकाहरूलाई धन्यवाद दिँदै आफूले सिकेको ज्ञानको भरपुर प्रयोग गर्न सुझाएका थिए ।

Facebook Comment


Related Posts

राजा स्वागतका लागि एयरपोर्ट घेराउ गर्न प्रसाईंको अपिल

राजा स्वागतका लागि एयरपोर्ट घेराउ गर्न प्रसाईंको अपिल

राजावादी प्रदर्शन रोक्न निषेधाज्ञा, लिङदेन असन्तुष्ट

राजावादी प्रदर्शन रोक्न निषेधाज्ञा, लिङदेन असन्तुष्ट

दलित, मुस्लिम र मधेशीको आवाज संसदमा पु¥याउने मेरो लक्ष्य : उम्मेदवार दास

दलित, मुस्लिम र मधेशीको आवाज संसदमा पु¥याउने मेरो लक्ष्य : उम्मेदवार दास

ट्याक्टरमा बसेका दुई बालिका रोटाभेटरमा लडेर मृत्य

ट्याक्टरमा बसेका दुई बालिका रोटाभेटरमा लडेर मृत्य

मत मात्र होइन, अब जवाफ पनि चाहिन्छ

मत मात्र होइन, अब जवाफ पनि चाहिन्छ

चुनावी घोषणापत्र समयमै बुझाउन आयोगको दलहरूलाई चेतावनी

उम्मेदवारको घोषणापत्र फागुन ३ सम्म अनिवार्य

ताजा समाचार

राजा स्वागतका लागि एयरपोर्ट घेराउ गर्न प्रसाईंको अपिल

राजा स्वागतका लागि एयरपोर्ट घेराउ गर्न प्रसाईंको अपिल

राजावादी प्रदर्शन रोक्न निषेधाज्ञा, लिङदेन असन्तुष्ट

राजावादी प्रदर्शन रोक्न निषेधाज्ञा, लिङदेन असन्तुष्ट

दलित, मुस्लिम र मधेशीको आवाज संसदमा पु¥याउने मेरो लक्ष्य : उम्मेदवार दास

दलित, मुस्लिम र मधेशीको आवाज संसदमा पु¥याउने मेरो लक्ष्य : उम्मेदवार दास

ट्याक्टरमा बसेका दुई बालिका रोटाभेटरमा लडेर मृत्य

ट्याक्टरमा बसेका दुई बालिका रोटाभेटरमा लडेर मृत्य

मत मात्र होइन, अब जवाफ पनि चाहिन्छ

मत मात्र होइन, अब जवाफ पनि चाहिन्छ

चुनावी घोषणापत्र समयमै बुझाउन आयोगको दलहरूलाई चेतावनी

उम्मेदवारको घोषणापत्र फागुन ३ सम्म अनिवार्य


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar