KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण आगामी १७ देखि २० जेठसम्म हुने

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदैछन् । तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हो ।

चार दिने भ्रमणमा सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी हुने छन् । भ्रमणमा विद्युत्, व्यापार, भौतिक पूर्वाधार तथा पारवाहनलगायत विषयमा सम्झौता हुने परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदले बताएका छन ।

प्रधानमन्त्री दाहाल बुधबार दिउँसो १ बजे नेपाल वायुसेवा निगमको नियमित जहाजबाट नयाँदिल्ली जानेछन् । दाहालको भ्रमण टोलीमा उनको निजी सचिवालयका साथै आधा दर्जन मन्त्री र डेढ दर्जन सचिव हुनेछन् ।

परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल कृषिमन्त्री वेदुराम भुसाल जाने छन् ।

टोलीमा मुख्यसचिव शंकरदास बैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरे, गृह सचिव दिनेश भट्टराई, कानुन सचिव धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, कृषि सचिव गोविन्दप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा र वन सचिव रेवतीरमण पौडेल छन् ।

प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सचिवसमेत रहेकी छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल हुनेछन्।

प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्मा र चार सुरक्षा अधिकारी पनि हुनेछन् । भ्रमण टोलीमा सहसचिव र उपसचिव तहका अधिकारीका पनि लामो सूची छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, परराष्ट्रका भारत हेर्ने सहसचिव रामप्रसाद सुवेदी, चिफ अफ प्रोटोकल सुधीर भट्टराई, प्रधानमन्त्री कार्यालयका सहसचिव नवराज ढुंगाना, ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाललाई सूचीमा समावेश छन् ।

उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, लगानी बोर्डका सहसचिव अमृत लम्साल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, गेटा मेडिकल कलेजका निर्देशक प्रमोद जोशी, विद्युत् उत्पादन कम्पनी लिमिटेडका महाप्रबन्धक सूर्यप्रसाद रिजाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशसिंह प्रधान पनि टोलीमा हुनेछन् ।

यस्तै, सञ्चारकर्मी ४ जना, सुरक्षाकर्मी ४ जना र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दिल्लीस्थित दूतावासका ५ अधिकारीको नाम समावेश छ ।

सरकारले खर्च बेहोर्ने भ्रमण टोली सदस्यको संख्या ४७ छ। ५० जना व्यवसायी र १३ जना सञ्चारकर्मीहरु निजी खर्चमा जानेछन् । प्रधानमन्त्रीसहितको टोलीलाई बुधबार दिल्लीको चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा राखिनेछ ।

होटलमा दाहाललाई भारतका विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्राले भेट्ने कार्यक्रम छ ।

जेठ १८ (बिहीबार) बिहानदेखि प्रधानमन्त्री दाहालको औपचारिक कार्यक्रम सुरु हुनेछ । भारतीय प्रधानमन्त्री मोदीसँगको औपचारिक वार्ता दिल्लीस्थित हैदराबाद हाउसमा हुनेछ ।

त्यहाँ भारतसँग दुईदेशमा हुने इपेमेन्टमा अर्थ मन्त्रालयले हस्ताक्षर हुनेछ। नेपाल र भारतबीच २५ वर्षका लागि विद्युत् खरिद सम्झौता, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् विकास आयोजनाबारे उर्जा मन्त्रालयले सम्झौता गर्दैछ ।

कञ्चनपुर र दार्चुला जिल्लाको महाकाली नदीमा चाँदनी दोधारा र झुलाघाट क्षेत्रमा पुलहरू निर्माण गर्न भौतिक पूर्वाधार मन्त्रालयले सम्झौता गर्दैछ ।

यस्तै, पेट्रोलियम पाइपलाइनसम्बन्धित विषयमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्झौता गर्दैछ । त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तयारी छ ।

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्यप्रदेशको उज्जैन प्रस्थान गर्नेछन् । दाहालले मध्यप्रदेशकै इन्दोरको पनि भ्रमण गर्नेछन्। त्यहाँको फोहोर व्यवस्थापनसम्बन्धी जानकारी दाहालले लिनेछन्।

दाहालले इन्दोरमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र भारतको हिन्दुबादी संगठन आरएसएसका नेताहरूसँग भेटघाटको कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्डको टोली जेठ २० गते स्वदेश फर्किँनेछ ।

Facebook Comment


Related Posts

पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला

पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला

पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा

पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा

पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु ‘जनताको मर्मविपरीत हो : डा.भट्टराई

पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु ‘जनताको मर्मविपरीत हो : डा.भट्टराई

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी : जाँच आयोग

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी : जाँच आयोग

चालु आर्थिक वर्षमा दैनिक २.५ किलोमिटरभन्दा बढी सडक निर्माण भएको छः प्रधानमन्त्री ओली

चालु आर्थिक वर्षमा दैनिक २.५ किलोमिटरभन्दा बढी सडक निर्माण भएको छः प्रधानमन्त्री ओली

काभ्रेमा बस हुदाँ २३ जना घाइते

काभ्रेमा बस हुदाँ २३ जना घाइते

ताजा समाचार

पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला

पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला

पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा

पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा

पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु ‘जनताको मर्मविपरीत हो : डा.भट्टराई

पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु ‘जनताको मर्मविपरीत हो : डा.भट्टराई

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी : जाँच आयोग

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी : जाँच आयोग

चालु आर्थिक वर्षमा दैनिक २.५ किलोमिटरभन्दा बढी सडक निर्माण भएको छः प्रधानमन्त्री ओली

चालु आर्थिक वर्षमा दैनिक २.५ किलोमिटरभन्दा बढी सडक निर्माण भएको छः प्रधानमन्त्री ओली

काभ्रेमा बस हुदाँ २३ जना घाइते

काभ्रेमा बस हुदाँ २३ जना घाइते

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar