काठमाडौं,६ जेठ । सरकारले जनकपुरधामको जानकी मन्दिर र कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका छन् ।
राष्ट्रिय महत्वका सबै प्रकारका अभिलेखको संरक्षण गर्ने उनले बताएका छन ।