काठमाडौं,२७ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्नुभएको छ ।
विज्ञप्तिमार्फत पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिएका छन । भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उत्तर प्रदेशको राजधानी लखनउमा सो भेटवार्तामा पूर्वराजपरिवारका सदस्यहरुको पनि सहभागी रहेको विज्ञप्तिमा जनाइएको छ ।