काठमाडौं २४ बैशाख । तथ्याङ्क विभागको आर्थिक वृद्धिदरको प्रक्षेपणले मुलुक आर्थिक मन्दीमा फसेको निश्चित भएको नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बताउनुभएको छ ।
आइतबार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै सांसद चौधरीले सो कुरा बताएका छन ।
सांसद चौधरीले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर गर्ने,एडिवि र विश्व बैंकले ४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरे पनि अपेक्षाभन्दा ४ गुणा कम आर्थिक वृद्धि हुने तथ्याङ्क विभागले देखाएको छ ।
उनले अर्थतन्त्रको वर्तमान समस्याको अवस्था र चुनौतीको विगतमा कहिल्यै नआएको बताउनुभयो । उनले चालु आर्थिक वर्षमा करिब साढे १० महिनामा राजस्व संकलन लक्ष्यको तुलनामा करिव ५१ प्रतिशत मात्रै राजस्व संकलन भएको उल्लेख गरे ।
उनले उत्पादनमुलक उद्योगहरुमा २० देखि ८० प्रतिशतसम्म घटेको सरकारका रिपोर्टहरुले पुष्टि गरेको दाबी गरे । उनले निजी क्षेत्र हतोत्साहित रहेको भन्दै बजारमा मन्दीका लक्षणहरु देखिएको उल्लेख गरे ।
उनले ३५ प्रतिशत उद्योगहरु विस्थापित भएको भन्दै मुख्य व्यापारीक केन्द्रका सटरहरु खुल्न छाडेको बताएका छन । उनले भने, ‘मुलुकको समग्र वित्तिय क्षेत्र गम्भिर समस्या लक्षणहरु देखापरेका छन् ।
बैंकहरुको खराब कर्जा गत वर्षको तुलनामा दोब्बर वृद्धिहुँदै २.६३ प्रतिशत पुगेको छ । यो ४ प्रतिशत पुग्ने देखिएको छ । ऋण तिर्न नसकेर बैंकको कालोसूचीमा पर्नेहरुको संख्या दोब्बर पुगेको छ ।
गत बैंकको कालोसूचीमा पर्ने २२ हजार पुगेको चालु आर्थिक वर्षमा ४८ हजार भन्दा माथि पुगेको छ ।