जनकपुरधाम,१६ चैत्र । मधेश प्रदेशका प्रदेश सभा सदस्य शेष नारायण यादब र अमेरिकी राजदुत डीन आर थम्पसनसंग भेटवार्ता भएको छ ।
मधेशका क्षेत्रमा अत्याधुनिक शिक्षा,स्वास्थ्य, कृषि लगायतका बिभिन्न सम्भाबित विकासका योजनाहरु माथि बिस्तृत रुपमा छलफल भएको सांसद यादबले बताएको छ । त्यस छलफलमा मधेश प्रदेशका अरु सांसदहरुको पनि उपस्थिति रहेको थियो । उनीहरुबीच बिहिवार दिउँसो जनकपुरको एक होटेलमा भेटवार्ता भएको थियो ।