जनकपुरधाम,१४ चैत्र । होप नेपालको पहलमा जनकपुरधामको जानकी बृद्धाश्रममा आर्थिक सहयोग गरेको छ ।
मगलबार होप नेपालका संचालक जय प्रकाश महतो अध्यक्षतामा वृद्व आमाहरुको सहयोगको लागि अनुदान कार्यक्रममा जानकी महिला बृद्धाश्रमका कार्यकारणी अध्यक्ष पवन ठाकुरलाई ३४ हजार ६ सय ५ रुपैयाँ हस्तान्तरण गरेका छन ।
कार्यक्रममा जानकी महिला बृद्धाश्रमका कार्यकारणी अध्यक्ष पवन ठाकुरले ’दाताहरूको सहयोगले यस बृद्धाश्रममा केन्द्र सरकारले हरेक वर्ष १५ लाख आर्थिक सहयोग गर्दैआइरको थियो ।
तर देश संघीय संरचनामा गइसकेपछि केन्द्रको सहयोग रोकिएको छ भने प्रदेश सरकारले वास्तै नगरेको गुनासो पोखे । २०५३ सालमा खुलेको बृद्धाश्रममा अहिले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, उदयपुर, बारालगायत जिल्लाबाट आएका १४ जना आमाहरूले आश्रय लिइरहेका छन् ।
कार्यक्रममा विभिन्न संघसंस्थाका सहयोगी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।