रौतहट ८ मंसिर । रौतहटको क्षेत्र नं १(ख)बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव विजयी भएका छन् । नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति समेत रहेका यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वीमा रहेका स्वतन्त्र उम्मेदवार राजेश कुमार चौधरीलाई १ हजार ८९ मतान्तरले पराजित गरेका छन् । यादव १२ हजार ४ सय ८९ मत ल्याएर विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ११ हजार ४ सय मत प्राप्त गरेका छन् ।