केपी रिपोर्टर : निभा झा
जनकपुरधाम २४ कार्तिक । धनषा क्षेत्र नम्बर ३ मा लोसपाका अनिल कुमार झाको प्यानलको समुह भारी देखिन थालेको छ । पाँच दलिय संग गठबन्धन गरी धनुषा निवार्चन क्षेत्र न ३ मा जारी राखेको घरदैलो अभियानमा अहिलेको अवस्थामा अनिल झाको समुह भारी देखिएको छ । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका अनिल कुमार झालाई क्षेत्र नं ३(क)बाट राम सरोज यादब र (ख)बाट प्रमेश्वर साहले सहयोग गर्दै आईरहेका छन । त्यस क्षेत्रमा पार्टी भन्दा राम सरोज र प्रमेश्वरको आफ्नो मतदाता रहेको छ । गठबन्धनका तीन वटै उम्मेदवारलाई प्रत्यक्ष फाईदा हुने प्रदेश सभा सदस्यका उम्मेदवार राम सरोज यादबले बताएका छन ।