जनकपुरधाम १५ कार्तिक । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि उम्मेदवारहरु घर दैलो गर्नमा तिब्रता दिएको छ । निर्वाचन आयोगले चुनावको प्रचार प्रसारका लागि १७ गते देखि छुट दिएपछि उम्मेदवारहरू प्रचार प्रसारको कार्य शुरु गरेको छ । धनुषा जिल्लामा ४ प्रतिनिधि सभा र ८ वटा प्रदेश सभाको चुनावमा दुई गठबन्धन दलका बीचमा चुनावी प्रतिस्पर्धा हुने लागेको छ । धनुषाको निर्वाचन क्षेत्र नंं ४ बढी चर्चामा रहेको देखिएको छ । यो ठाउबाट तीन उम्मेदवार बीचमा कडा प्रतिस्पर्धा हुने अवस्था देखिएको छ । जनता समाजबाादी पार्टी नेपालबाट नेता महाजन यादब ,नेपाली काँग्रेस सहितको चार दलीय गठबन्धनका साझा उम्मेदवार रहेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली काग्रेसका पूर्वमन्त्री महेन्द्र यादब र नेकपा एमालेका उम्मेदवार पुर्ब मन्त्री रघुबिर महासेठ बीचमा कडा प्रतिस्पर्धा रहेको छ । तीन वटै उम्मेदवारहरू घर दैलो कार्यक्रमलाई अगाडी बढाएको छ । तिनै जनाले उम्मेदवारले आफूहरूको जीत सुनिश्चित भएको दाबी गर्दै आईरहेको छ ।














