जनकपुरधाम ३ कार्तिक । स्वतन्त्र उम्मेदवार धनुषाको क्षेत्र नं३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका उमेश साहले यसपालीको चुनावले स्वतन्त्र उम्मेदवारहरुको सरकार बन्ने बताएका छन । उनले भने भ्रष्टाचार मुक्त देश बनाउनु नै मेरो लक्ष्य रहेको बताए । देशमा बढ्दै गईरहेकाले भ्रष्टाचारी दिनदिनै बढिरहेको उनको भनाई थियो । त्यसैले मेरो पहिलो लक्ष्य भ्रष्टाचार अन्त्य नै रहेको बताए । घरदैलोको क्रममा साह मतदाताहरुसंग भने ‘भ्रष्टाचारबाट मुक्ति पाउनु छ भने स्वतन्त्रलाई मत दिनुस । यसका साथै शिक्षा, स्वास्थ्यमा सुधार, रोजगारीको श्रृजना, किसानहरुको समस्या समाधानका लागि आफूहरुसंग योजना रहेको बताउनुभयो । उनले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।