जनकपुरधाम ३० असोज । मंसिर ४ गते एकै चरणमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि अहिले उम्मेदवारी दर्ता गराएको उम्मेदवारहरु घरदैलो कार्यक्रममा ब्यस्त देखिएको छ ।
धनुषा जिल्लाको निर्वाचन क्षेत्र न ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएको डा. रंजित पंजीयार घरदैलो कार्यक्रममा निकै नै ब्यस्त भएको छ । आफ्नो कार्यकर्ताहरुको साथ क्षेत्र नं३को फुलगम्मामा घरदैलो कार्यक्रम गरेको छ । आफुले ल्याएको बिकाशे योजना हेरेर यसपाली आफुलाई भारी मतले बिजय गराउने डा. पंजीयारले बताएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रबि लामिछानेले पंजियारलाई भारी मत दिएर बिजय गराउन जनता सग आग्रह गरेका छन ।