KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज साउनको पहिलो सोमबार, शिवालयहरुमा भक्तजनको भिड

आज साउनको पहिलो सोमबार, शिवालयहरुमा भक्तजनको भिड

केपी रिपोर्टर,निभा झा
जनकपुरधाम, ०१ श्रावन । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा मानिन्छ ।

साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको छ । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छन । हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।
व्रत महिमा
पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन— साउने सोमबार, सो¥ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ ।

यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ ।

व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा समस्या समाधान हुने जनविश्वास छ । शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् । साउने सोमबारका दिन जनकपुरधामको शिव मन्दिर,कप्लेश्वर नाथ मन्दिर, जलेवरको महादेव मन्दिर, टुटेश्वरनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको छ ।

Facebook Comment

Related Posts

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar